बेनीमा नमुना मतदान

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा नमुना मतदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले बेनीमा नमुना मतदान गराएको हो । मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाउन र बदर मतलाई कम गर्ने उद्देश्यले निर्वाचन कार्यालय म्याग्दी र पत्रकार महासंघ म्याग्दी शाखाको संयुक्त आयोजनामा सदरमुकाम स्थित बेनी सामुदायिक विद्यालयमा नमुना मतदान गरिएको हो ।

नमुना मतदान गर्नुहुँदै जिल्ला न्यायाधिश तथा मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले मतदातालाई मतदान गर्ने तरिका सिकाउन नमुना मतदानले सहयोग पुग्ने बताउनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थी,पत्रकार र समाजका अगुवाहरु सहित एकसय ८ जना नमुना मतदानमा सहभागि भएका थिए । जसमध्य १ मत बदर,१९ मत आंशिक सदर,कसैलाई पनि मतदान नगरेको एक मत र ८६ मत सदर भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

निर्वाचन कार्यालयबाट खटिएका कर्मचारीहरुले विद्यार्थीहरुलाई मतदान गर्ने तरिकाका वारेमा जानकारी गराएका थिए । आफ्ना अभिभावकलाई घरमा पुगेर मतदान गर्ने तरिका सिकाउन विद्यार्थीहरुलाई मुख्य निर्वाचन अधिकृत पौडेलले अनुरोध गर्नुभयो । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सात ठाउँमा मतदान गर्नुपर्ने व्यवस्था भएकाले धेरै मत बदर हुनसक्ने कुरालाई मध्यनजर गरेर सरोकारवालाहरुले मतदातालाई राम्रो सँग सिकाउनुपर्ने जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

निर्वाचन शिक्षाको अभावमा कसरी मतदान गर्ने भनेर थाहा नपाउँदा धेरै मत बदर हुने अवस्था रहेकोले मतदाताहरुलाई मतदानका बारेमा जानकारी गराउन नमुना मतदान कार्यक्रम भएको उहाँले बताउनुभयो । नमुना मतदानका क्रममा वास्तविक मतदानमा जस्तो हुन्छ त्यस्तै प्रक्रिया अपनाईएको थियो ।

मतदाता नामावली रुजु देखि मत खसालेर बाहिर निस्किने सम्मको व्यवस्था वास्तविक मतदानको बेला जस्तो हुन्छ त्यस्तै गरी मिलाईएको निर्वाचन कार्यालयका सूचना अधिकारी चित्रनाथ शर्माले बताउनुभयो । नमुना मतदानका क्रममा के ग¥र्यो भने मत बदर हुन्छ, कसरी मत पत्रमा छाप लगाउने, उक्त मत पत्रलाई कसरी पट्याएर मत पेटिकामा राख्ने र बाहिर कसरी निस्किने सम्मको प्रक्रियाका बारेमा जानकारी गराईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार