चुनावपछि गठबन्धन बिर्सने हो भने विश्वास गर्न सकिंदैन: नेता गुरुङ

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारुढ गठबन्धनका नेताहरुले गठबन्धनको निरन्तरता हुने प्रतीज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताउनुभएको छ ।

बिहीबार सत्तारुढ गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले चुनाव जितेपछि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शंका उत्पन्न भएको बताउनुभयो । नेताज्यूहरुले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतीज्ञा गर्नुपर्‍यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन्,’ उहाँले भन्नुभयो, ‘तपाईंहरुले यो गठबन्धन निरन्तर लाने प्रतीज्ञा गर्नुस् ।

हामी तलका कार्यकर्ता तपाईंहरुको पछि पछि लाग्छौं ।’केन्द्रीय सदस्य गुरुङले गठबन्धनको नाममा कहिले कता कहिले कता लाग्ने र टुट्ने–फुट्ने प्रवृत्तिका कारण चितवनका नागरिकले भरोसा टुटेको बताउनुभयो । चुनावमा पद प्राप्त गर्न गठबन्धन गर्ने र चुनाव सिद्धिएपछि गठबन्धन बिर्सने हे भने विश्वास गर्न सकिँदैन’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार