निर्वाचनका लागि मतदान अधिकृत सहितका कर्मचारी तोकियो

म्याग्दी । यहि वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन,२०७९ का लागि जनशक्ति व्यवस्थापन गर्न म्याग्दीमा मतदान अधिकृति सहित कर्मचारी तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयले विहिबार जिल्लाका ६ वटै स्थानीय तहमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीहरुको अन्तिम विवरण सार्वजनिक गरेको हो ।

जिल्लामा ७४ मतदान केन्द्र र १ सय १४ वटा मतदान स्थल रहेका छन । जसका लागि १ सय १४ वटा मतदान अधिकृत, १ सय १४ वटा सहायक मतदान अधिकृत, २ सय १९ सहायक कर्मचारी र १ सय १४ सहयोगी कर्मचारी गरि ५ सय ६१ ज्ना कर्मचारी निर्वाचनमा परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी भिम प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

मतदान स्थलको सुरक्षामा म्यादी प्रहरीलाई खटाईनेछ । त्यसैगरि मतदान अधिकृतले प्रत्येक केन्द्रमा ३ जना स्वयंमसेवक समेत नियुक्त गर्ने व्यवस्था गरिएको छ । अधिकृत सहितका सवै कर्मचारीलाई बैशाख २७ गते साँझसम्म मतदानस्थलमा पुग्ने कार्यतालिका बनाईएको छ ।

एक मतदान केन्द्रमा एक मतदान अधिकृत, एक मतदान सहायक अधिकृत, दुइ सहायक कर्मचारी र एक सहयोगी कर्मचारी गरि पाँच जनाका दरले खटाईने भएको छ । निर्वाचनका लागि खटाईएका मतदान अधिकृत सहितका कर्मचारीहरुमा जिल्ला स्थित सरकारी कार्यालय, स्थानीय तह, तथा विद्यालयका शिक्षकहरु रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार