एमालेले महिलालाई सम्मान गर्न नसक्ने व्यक्तिलाई काठमाडौंको मेयर उठाएको छ : बानियाँ

काठमाडौँ  । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँले एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा नौटंकी आवरणका व्यक्तिलाई उम्मेदवार बनाएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै बाँनियाले स्थापित कुरा सुन्दा मानसिक विचलन देखिने बताउनुभयो ।ुएमालेले महानगरपालिकामा नौटंकी आवरणको उम्मेदवार बनाएको छ । आफूलाई धेरै गर्जन गर्नसक्ने, आफूमा धेरै क्षमता भएको उहाँ भन्नुहुन्छ ।

तर आफ्नो स्वार्थका लागि जस्तोसुकै बाटो पनि अबलम्बन गर्ने र राजनीतिक विचलन भएर कहाँ-कहाँ क्रियाकलाप अघि बढाउनु भयो ? त्यस्तो व्यक्तिलाई ल्याएर उम्मेदवार बनाएको छु बाँनियाले भन्नुभयो, ‘उहाँको कुरा सुन्दा मानसिक विचालन भइसकेको व्यक्ति हो कि जस्तो लाग्छ । सम्मान गर्नुपर्ने, महिला आमा दिदीबहिनीलाई लल्कार्छन् । गालीगलौच गरिन्छ र अस्मितामाथि प्रहार गरिन्छ । उहाँलाई महिलासँग भोट माग्ने अधिकार छैन ।’महिला र दिदीबहिनीलाई मानवीय व्यवहार गर्न नसक्ने व्यक्तिलाई एमालेले उम्मेदवार बनाएको बानियाँले बताउनुभयो। ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार