सत्तागठबन्धनको चुनावी सभा सम्बोधन गर्न प्रधानमन्त्री देउवा पोखरामा

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पोखरा आउनुभएको छ । सत्तागठबन्धनले गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न देउवा पोखरा आउनुभएको हो ।

सत्तागठबन्धनका शीर्ष नेताले आज पोखराको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। वैशाख ३० मा हुने स्थानीय चुनावमा पोखरामा सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयर र नेपाली कांग्रेसले उपमेयर उठाएका छन्।आजै देउवालगायत सत्तागठबन्धनका शीर्ष नेता दाङका दुइटा चुनावी सभामा जाने कार्यक्रम छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार