एक दिनमा काठमाडौं उपत्यकाबाट बाहिरिए साढे ८३ हजार यात्रु

काठमाडौं । पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए ।

बुधबार ११ हजार २३३ सवारीले काठमाडौं विभिन्न नाका हुँदै काठमाडौं छाडेका थिए । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको संख्या घट्दै गर्दा बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । २७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौं छाडेका थिए। २६ वैशाखमा यो संख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौं छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको संख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार ९ हजार २२१ वटा सवारीबाट ३५ हजार ६५७ यात्रु काठमाडौं भित्रिएका छन् ।बिहीबार पनि नाकाहरुमा बाहिरिने यात्रुको चाप छ । उपत्यका छाड्ने बसहरुमा पनि कोचाकोच गरेर यात्रुहरु घर फर्किएका छन् । काठमाडौंमै स्थायी बसोबास गरिरहेकाहरु पनि भोट हाल्न गाउँ फर्किंदैछन् । बिहीबार मध्यरातबाट सवारी साधन चल्न पाउने छैनन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार