केपी ओलीले महेन्द्र शान्ति मावि ‘क’ बाट मतदान गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीले सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान स्थलबाट मतदान गर्ने भएका हुन् । उक्त विद्यालय रहेको मतदानस्थलमा तीन मतदान केन्द्र रहेका छन् ।

जसमा (क) मा १ हजार ८, (ख) मा १ हजार ८ र (ग) केन्द्रमा १ हजार ४० जना मतदाता गरेर ३ हजार ५६ जना मतदाता छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा ओलीको क्रम संख्या ४८५ उमेर ७० वर्ष उल्लेख गरिएको छ । उनकी धर्मपत्नी राधिका शाक्यको क्रम संख्या १८८९ र उमेर ६२ वर्ष उल्लेख गरिएको छ । शाक्यले (ख) केन्द्रबाट मतदान गर्नेछिन् । शुक्रबार ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ ।

स्थानीय निर्वाचनका लागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५८४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नरेन्द्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।भक्तपुर जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, म्यादी प्रहरी गरेर १ हजार ५ सय जना सुरक्षाकर्मी परिचालन भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको छ । ratopati

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार