लुम्बिनीमा देउवाले मोदीको सम्मानमा दिवाभोज दिने

काठमाडौा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार नेपाल आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन् । लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा पूजाअर्चना गर्ने छन् भने बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन्।

परराष्ट्र मन्त्री नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोज दिनेछन्।

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो भने पहिलो पटक भारतीय प्रधानमन्त्री लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। मोदी सोही दिन स्वदेश फर्किने कार्यक्रम छ। मोदी भ्रमणको तयारीस्वरूप बुधबार भारतीय वायु सेवाको जहाजमा अधिकारीहरू भैरहवा आइसकेका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार