दमक नगरपालिकाका मेयरका उम्मेदवार थापा अस्पताल भर्ना

झापा । दमक नगरपालिकाको मेयर पदका उम्मेदवार राम थापा बिरामी परेका छन् । राप्रपा प्रदेश-१ का अध्यक्षसमेत रहेका थापा बिरामी भएर अस्पताल भर्ना हुनुभएको हो । उहाँ बुधबार साँझ बिरामी परेर दमक आम्दा अस्पताल भर्ना हुनुभएको थियो ।

तर, अस्पतालमा भिडभाड भएपछि उहाँलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको एक नेताले जानकारी दिनुभयो । धरानमा जाँचका क्रमम एपेन्डिसाइट भएको पुष्टि भएको छ । यद्यपि उहाँ आजै डिस्चार्ज हुने बताइएको छ । निर्वाचनलगत्तै एपेन्डिक्सको शल्याक्रिया हुने उहाँले बताउनुभयो। ‘अहिले इन्जेक्सनले काम गर्छ भन्ने डाक्टरको सल्लाह छ,’ ती नेताले भन्नुभयो, ‘अब निर्वाचनलगत्तै अपरेसन हुन्छ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार