दाङमा गाडी दुर्घटना हुँदा १० जना घाइते

दाङ । पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ ।सल्यानबाट दाङ आउँदै गरेको गाडी दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुर उपमहानगर–३ राणा गाउँमा बलेरो र एम्बुलेन्स ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी पूर्वमन्त्री बस्नेतको टाउकोमा चोट लागेको छ । माओवादीका नेता एवं पुर्वमन्त्री बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो

र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग ठोक्किदा दुर्घटना भएको थियो ।घाइते बस्नेतसहित १० जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार