मतपत्रमा हस्ताक्षर नभेटिएपछि मत गणना स्थगित

ललितपुर । ललितपुरको माहाँकाल गाँउपालिकामा मतदान अधिकृतको हस्ताक्षर नभएको १५ वटा मतपत्र भेटिएपछि विवाद भएको छ ।नेकपा (एमाले)की पालिका अध्यक्ष उम्मेदवार कमला तामाङका अनुसार हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको, तर आफूलाई मतगणना स्थलमा प्रवेश गर्न रोकेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘मलाई विवाद भएपछि मतगणना स्थालमा प्रवेश गर्न दिइएन । गठबन्धनका उम्मेदवार गणेश केसीलाई मतगणना स्थलमा प्रवेश गर्न दिइएको छ । यसमो मेरो आपत्ति छ ।’एमाले उम्मेदवारलाई २ घन्टासम्म बाहिर राखेर गठबन्धनका उम्मेदवारहरूमात्रै भित्र बसेपछि एमाले समर्थकले ढोकामा ढुंगामुढा गरेका छन् । एमालेकी उम्मेदवार तामाङले भन्नुभयो, ‘गठबन्धनका उम्मेदवारलाई भित्र राखेर हामीलाई बाहिर पठाउदा शंका भयो । हाम्रा कार्यकर्ताले यो सहन सक्दैनन् ।’

स्वतन्त्र उम्मेदवारी दिएका भभिरथ तिमल्सिनाले जसरी पनि जित्न गठबन्धनले षड्यन्त्र गरेको आरोप लगाए । उहाँले भन्नुभयो,‘हस्ताक्षर नभएको मतपत्र भेटिएको अवस्थामा त्यो मतपत्र रद्द गरेर मतगणना हुनु पर्छ ।’करिब ४०० मतगणना हुँदा १०० मत रहेको बण्डलमा ११ वटा हस्ताक्षर नभएको मतपत्र भेटिएको थियो । हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतगणना स्थलमा फेरि मतदान गर्नुपर्ने माग उठेको छ । ४०० मत गणना हुँदा विवाद भएको हो । नागरिक खबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार