बेनपा – २ मा वडा अध्यक्षमा याम कार्की सहित गठवन्धन प्यानल विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर २ को अध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका याम बहादुर कार्की निर्वाचित हुनुभएको छ ।कार्कीले १ हजार २ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका डम्मर सापकोटाले ७ सय १८, स्वतन्त्र उम्मेदवार सम्रात सापकोटाले ४० मत प्राप्त गर्नुभएको छ ।

सदस्यहरुमा कृष्ण बहादुर कार्की, विष्णु कुमारी सार्की, चन्द्रकान्त रिजाल, वविता सापकोटा निर्वाचित हुनुभएको छ । वडा नम्वर १ र २ को मत गणना गर्दा मेयरमा एमालेका सुरत केसीले १६१६, काँग्रेसको चिरञ्जीवि शर्माले १४४३, एमालेका उपमेयर पशुपति शाहीले ११५६, र गठवन्धनबाट माओवादीका ज्योति लामिछानेले १४८७ मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार