बेनपा–३मा नेकपा माओवादी केन्द्र बिजयी

म्याग्दी । बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ ।

निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा २ नेपाली कांग्रेस र बेनपा ३ माओवादी केन्द्रले जितेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रले नगरपालिका भित्र गठबन्धन गरेपनि सोचेजस्तो नतिजा निकाल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार