मंगलाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

म्याग्दी । नेकपा एमालेबाट मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको छ ।गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिनुभएको छ ।

अध्यक्षमा प्रतिस्पर्धी नेपाली काँग्रेसका विरेन्द्र बुढाथोकीले २ हजार ८ सय ५ र नेकपा माओवादीका टेक बहादुर विकले १ हजार ५ सय २१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा प्रतिस्पर्धी नेपाली काँग्रेसका शर्मिला थापाले २ हजार ५ सय ९५ र नेकपा माओवादीका सुकमाया रोकाले १ हजार ३ सय ७३ मत प्राप्त गर्नुभएको सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाले जानकारी दिनुभयो ।

मंगलामा एमालेले पालिका अध्यक्ष, उपाध्यक्ष र १, २ र ५ वडा, माओवादीले वडा नम्वर ३ र काँग्रेसले वडा नम्वर ४ बरंजामा जित हाँसिल गरेको छ । २०७४ सालको निर्वाचनमा जितेको वडा नम्वर ३ यसपटक एमालले गुमाएको छ भने गत चुनावमा सुन्य रहेको काँग्रेसले यसपटक एउटा वडा जितेको छ । मंगलाको १ र २ मा एमालेका एकजीत रोका र धनबहादुर खाती, ३ मा माओवादी केन्द्र यामबहादुर रोका, ४ मा लालबहादुर रोका र ५ मा भुपेन्द्र क्षत्री निर्वाचित हुनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार