बेनपा– ५ पुलाचौरमा एमालेको प्यानल विजयी

बेनी । म्याग्दीको बेनी नगरपालिका – ५ पुलाचौरमा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । वडा अध्यक्षका उम्मेद्धार गोविन्द बानियाँले ९ सय २० मत ल्याएर विजयी हुनूभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका याम बहनदुर बानियाँले ८ सय १० र माओवादीका खड्के परिवारले ७० मत पाउनुभयो ।

वडा सदस्यमा एमालेका डम्मर बहादुर बानियाँ, देविदत्त पौडेल ,दुर्गा कुमारी शर्मा र मनिषा नेपाली परिवार निर्वाचित हुनुभएको छ । बेनी नगरपालिकाका ५ वटा वडाको मतगणना सकिदाँसम्म मेयरमा एमालका सुरत केसीले ४ हजार २८२ ,गठबन्धनबाट नेपाली कांग्रेसका चिरञ्जीवी शर्माले ३ हजार ४३३ , उपमेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्दी ज्योती लामिछाने पौडेलले ४ हजार ११३ र एमालेकी पशुपति शाहीले २ हजमर ८५५ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार