गिरिराजमणि पोखरेलको वडामै एमालेसँग माओवादी पराजित

महोत्तरी । नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा (एमाले)का उम्मेदवार विराट विष्टले पराजित गर्नुभएको हो ।

पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो ।अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् ।

विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ ।बर्दिबास–३ मा एमाले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मत परिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन ओटा गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार