काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले सबै नागरिकको सम्पती अभिलेखिकरण गर्नुपर्ने बताउनुभएको छ । कसको कति सम्पती छ रु के कस्तो अवस्थामा छ ? सोको राज्यले अभिलेखिकरण गर्नुपर्ने भन्दै भट्टराईले एक पटक राज्यले सबैबाट सम्पती विवरण खोज्नु पर्ने बताउनुभयो ।
बरु एकपटकलाई सम्पतिको कर छुट दिएर भएपनि सबैको सम्पती विवरण पेश गर्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनुभयो । तर आफूले कालो धनलाई सेतो बनाउनका लागि यस्तो सुझाव नदिएको बताउँदै भट्टराईले व्यक्तिको मात्र नभएर मुलुकै सम्पतिको समेत पूर्णरुपमा अभिलेखिकरण गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । रातोपाटीबाट