अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार भरत पुन र उपाध्यक्षका उम्मेदवार दिवा पुनले फराकिलो मतअन्तरले विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतगणनाको अन्तिम नतिजा अनुसार पुनले चार हजार ५८ मत पाउनुभएको छ भने निकटतम प्रतिद्वन्दी कांग्रेसका बलबहादुर तिलिजाले तीन हजार ३१६ मत पाउनुभएको छ । गाउँपालिका उपाध्यक्षमा एमालेकी पुनले चार हजार १५ मत पाउनुभयो भने निकटतम प्रतिद्वन्दी कांग्रेसकी ललिता तिलिजाले तीन हजार ३५८ मत पाउनुभएको छ ।

वडा नम्बर १,२,३,७ र ८ मा नेकपा एमाले विजयी भएको छ भने नेपाली काँग्रेसले ४,५ र ६ मा विजय भएको छ । केही वडा सदस्य माओवादीलाई दिएर काँग्रेसले माओवादी सँग गठबन्धन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार