अधिकृतको जागिर छाडेर मेयर बन्ने सपना चकनाचुर, जमानत नै जफत

काठमाडौँ । काभ्रेका कञ्चन गिरिले स्थानीय तह निर्वाचन अघि विद्युत प्राधिकरणको हुँदाखाँदाको जागिर छाडिदिनुभयो । उहाँले अधिकृतस्तरको सरकारी जागिर छाड्नुको एकमात्रै कारण थियो–बनेपाको मेयर चुनाव लड्ने ।

जागिरबाट राजीनामा दिएर बनेपाको मेयरमा उम्मेदवारी दिनुभएका उहाँको यतिबेला न जागिर रह्यो न त मेयर नै जित्ने अवस्था बन्यो । बरु उहाँको चुनावमा जमानत नै जफत हुनेगरी नतिजा आयो । बिहीबार बिहान सार्वजनिक मतपरिणाम अनुसार उनले मात्रै १४८ मत पाउनुभयो । जहाँ काँग्रेसका शान्तिरत्न शाक्यले १३ हजार ७९३ मतका साथ विजय हासिल गरे भने एमालेका रत्नकुश रंजितकारले ११ हजार ८३५ मत पाएर पराजय हुनुभयो ।

यस्तै तेस्रो स्थानमा राप्रपाका रेमण्ड कर्माचार्यले ८७६ मत पाउँदा गिरि चौथो स्थानमा रहेपनि मात्रै १४८ मत मात्र पाउनुभयो । उसो त सो पालिकामा राप्रपासहित साना पार्टी र अन्य स्वतन्त्र उम्मेदवारको पनि जमानत जफत हुन पुगेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार