स्थानीय तह निर्वाचनमा गठबन्धन सफल : मन्त्री पौडेल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताउनुभएको हो । उहाँले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताउनुभयो ।

मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताउनुभयो । मन्त्री पौडेलले माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताउनुभयो । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उहाँको भनाई छ ।

मन्त्री पौडेलले काँग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पार्नुभयो । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उहाँको भनाई छ । उहाँले गठबन्धन सँग असन्तुष्ट रहेको नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनमै रहन आग्रह समेत गर्नुभयो । उहाँले गठबन्धनका कमी, कमजोरीहरूलाई सच्याएर अगाडि बढ्ने पनि बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार