यौन दुर्व्यवहारको आरोपमा स्वास्थ्य अनुसन्धान परिषदका एक कर्मचारी निलम्बित

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का एक कर्मचारी यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बनमा परेका छन् । इन्टर्नसिपमा आएकी एक युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा परिषद्ले तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

इन्टर्नसिपमा आएकी युवतीले आफूमाथि दुर्व्यवहार भएको भन्दै दिएको निवेदनका आधारमा सोधपुछ गर्दा घटना भएको पाइएपछि झालाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाइएको परिषद्का कार्यकारी सदस्य सचिव डा.प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार यस बिषयमा छानबिन समिति गठन गरिएको छ ।

‘झालाई निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ,’ डा. ज्ञवालीले भन्नुभयो,’ ‘यस विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’यसअघि २०७६ सालमा पनि महिला सहकर्मीमाथि दुर्व्यवहार गरेको फेला परेपछि झा दुई महिना निलम्बन निलम्बनमा परेका थिए । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार