निगमको डिपो परिसरमा इन्धन बोकेका २ वटा ट्यांकरमा आगलागी

रुपन्देही । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको प्रादेशिक डिपो परिसरमा इन्धन बोकेका दुई ट्यांकरमा आगलागी भएको छ । शुक्रबार डिपोमा तेल खन्याउने तयारी गर्ने क्रममा अचानक आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्रहरीका अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरबाट तेल खन्याउने क्रममा आगलागी भएको हो । रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले आगलागी नियन्त्रणमा आएको बताउनुभयो । उहाँले एउटा ट्यांकरमा धेरै क्षति भएको र अर्कोमा सामान्य क्षति भएको खुलाउनुभयो । आगलागी कारण खुलिनसकेको उहाँको भनाइ छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार