नीति तथा कार्यक्रमले पेट्रोलियमको मूल्यवृद्धिलाई सम्बोधन गरेको छ : मन्त्री शर्मा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विषयलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम ल्याइएको दाबी गर्नुभएको छ । शुक्रबार राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

उहाँले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले यसको आन्तरिक बजार र मूल्य प्रभावित भएको जिकिर गर्नुभयो। मन्त्री शर्माले पेट्रोलियम पदार्थको हाल प्रचलित बजार मूल्यमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा, डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ८२ पैसा र ग्यास प्रति सिलिन्डर ८ सय ७९ रुपैयाँ ८५ पैसा घाटा व्यहोरी सरकारले उपभोक्तालाई उपलब्ध गराएको पनि बताउनुभयो ।उहाँले बजारमा तेलको मूल्यमा अस्वभाविक वृद्धि हुँदा यसको प्रत्यक्ष असर समग्र आपूर्ति श्रृंखलामा परेको बताउनुभयो ।

मन्त्री शर्माले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभीमान र सीमानाको सुरक्षाका लागि सरकार सदैव सचेत र तयार रहेको पनि बताउनुभयो । उहाँले मुलुकको अन्तर्राष्ट्रिय सीमा सम्बन्धमा बाँकी रहेका विषयलाई ऐतिहासिक सन्धी, नक्शा, तथ्य र प्रमाणका आधारमा द्विपक्षीय वार्ताबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेको र यस विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट गरिसकेको बताउनुभयो । मन्त्री शर्माले पस्तुत नीति तथा कार्यक्रमले मूलतः सरकारको प्राथमिकतामा रहेका राष्ट्रिय महत्वका र मुलुकलाई दीर्घकालीन रुपमा प्रभावित गर्ने विषयहरुलाई प्राथमिकताका साथ समेट्ने प्रयास गरेको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार