अपडेटः ताराको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहीन

म्याग्दी । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कविहिन भएको छ । विमान १० बजेर १५ मिनेटमा जोमसोमका लागी टेकअफ भएको थियो ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरी मोडिएपछि सम्पर्क विहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । तीमध्ये २ तेस्रो मुलुकका, ४ भारतीय र १३ जना नेपाली रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार