आईजीपी नियुक्ती विवादबारे आज पूर्ण ​सुनुवाइ

काठमाडौँ । नेपाल प्रहरीको आईजीपी नियुक्ती विवादबारे मंगलबार पूर्ण सुनुवाई हुँदैछ । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गनुभएको हो ।

पोखरेलको रिटमा प्रारम्भिक सुनुवाई गर्दै वैशाख २२ मा न्यायाधीश सुष्मालता माथेमाले जेठ १७ मा पूर्ण ​सुनुवाइका लागी पेश गर्न आदेश गर्नुभएको थियो । न्यायाधीश माथेमाको इजलासले पोखरेलले माग गरे अनुसार अन्तरिम आदेश दिन अस्विकार गरेको थियो । सर्वोच्च अदालतले धीरज प्रताप सिंहको व्यक्तिगत फाइल, उहाँलाई बढुवा गर्ने प्रस्ताव र मन्त्रिपरिषद्को निर्णय मिसिल झिकाएन आदेश जारी गरेको छ । आईजीपी सिंहले वैशाख १९ मा दर्ज्यानी चिन्ह लगाएर प्रहरीको कमाण्ड सम्हालिसक्नुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार