अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोज्यो : रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकाले पैसा दियो भनेर नेपाल उसको सैनिक गठबन्धनमा सामेल हुन खोजेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सोमबारको बैठकमा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

‘निर्दलीय पञ्चायतमा समेत नेपालले तटस्थता कायम गर्यो । अहिले नसक्ने किन ?’ उहाँले भन्नुभयो, ‘नेपाल अमेरिकाले पैसा दियो भनेर सैनिक गठबन्धनमा सामेल हुन खोज्यो । यो एकदमै गलत यो ।’ उहाँले यसबारेमा सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । आर्थिक सहयोगका नाममा कसैले पनि कुनै पनि देशलाई सामरिक रुपमा धकेल्न नहुने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीको अमेरिकी भ्रमणबारे पनि उहाँले प्रश्न उठाउँदै भ्रमणबारे छलफल गर्न प्रधानमन्त्रीलाई संसदीय समितिको बैठकमा बोलाउन माग गर्नुभयो ।‘यो विषयमा सत्तारुढ दलकै प्रमुख सचेतकले प्रधानमन्त्रीको भ्रमण रद्द गर्नुपर्ने भन्नुभएको छ उहाँले नै भ्रमणमा आशंका गर्नुभएको छ, हामी त प्रतिपक्षीमा छौं,’ पूर्वमन्त्रीेसमेत रहेका रावलले भन्नुभयो, ‘भ्रमणबारे प्रधानमन्त्रीलाई पत्र लेखेर छलफलमा बोलाऔं ।’परराष्ट्र नीतिबारेको छलफलमा परराष्ट्र मन्त्री नारायण खड्का भने अनुपस्थित हुनुहुन्छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार