इन्धनको मूल्यवृद्धिले सरकार नै अलोकप्रिय भयो : सांसद चौधरी

काठमाडौं । पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग माग गर्नुभयो ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको छ, यस्तो निर्णयले सरकार पनि अलोकप्रिय भएको छ,’ सांसद चौधरीले भन्नुभयो, ‘जनतालाई राहत दिनुपर्ने बेलामा सरकारले असोचनीय निर्णय गर्‍यो ।’ जनतालाई राहत दिनुपर्ने भन्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन पनि सांसद चौधरीले आग्रह गर्नुभयो । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार