उपाध्यक्षका देवरको मृत्यु हुँदा गाउँपालिकाभर बिदा

काठमाडौं । रूपन्देहीको मर्चवारी गाउँपालिकाले उपाध्यक्ष आशा सिंहको देवरको दुर्घटनामा परेर मृत्यु भएपछि गाउँपालिकामा बिदा दिएको छ।गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले आज दिउँसो १ बजेदेखि बिदा दिइएको बताउनुभयो । ‘उपाध्यक्षको देवरको भैरहवामा मोटरसाइकल दुर्घटनामा निधन भयो।

हामी अहिले घटना स्थलमा जाँदैछौं, त्यसैले दिउँसो १ बजेपछि बिदा दिइएको छ,’ उहाँले भन्नुभयो । गाउँपालिका कार्यालय, सबै वडा कार्यालय, सामुदायिक तथा निजी विद्यालय र अन्य संघसंस्थासमेत आज बन्द गरिएको उहाँले बताउनुभयो । उपाध्यक्ष र वडा नम्बर ५ का अध्यक्षको परिवारमा शोक परेकोले आज बिदा दिइएको अध्यक्ष बरईले जानकारी दिनुभयो । आज बिदा हुनेबारे बरईले नै हस्ताक्षर गरेर सूचनासमेत गाउँपालिकाले निकालेको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार