एमालेको अवरोधका बीच अर्थमन्त्रीले दिए जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई बजेटमाथि उठेको प्रश्नबारे जवाफ दिन समय दिनुभएको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराएको भन्दै एमालेले संसदीय छानविन समिति गठन माग गरेको छ । बिहीबार पनि एमाले सांसद भानुभक्त ढकालले छानविन नभएसम्म अर्थमन्त्री शर्मालाई स्वीकार नगर्ने बताउनुभएको थियो ।

लगतै एमाले सांसदहरुले उठेर अवरोध गरिरहेकै बेला सभामुखले अर्थमन्त्रीलाई जवाफ दिन समय दिनुभएको छ । एमाले सांसदहरुले आ–आफ्नो स्थानबाट उठेर टेबुल ठटाउँदै विरोध जनाइरहेका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार