एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसक्यो : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकाको स्टेट पाट्नर सीप पोग्राम एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताउनुभएको छ । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री खड्काले प्रधानमन्त्रीको तहबाट पनि सम्झौता हुँदैन भनेपछि एसपीपीको ‘च्याप्टर क्लोज’ भइसकेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, ‘स्टेट पाट्नर सीप पोग्राम नेपाललाई स्वीकार्य छैन । नेपाली सेनाको बिज्ञप्ति आइसकेको छ । यो अगाडि बढ्दैन ।’ नेपाल कुनै सैन्य गठबन्धनमा सहभागी नहुने पनि उहाँले प्रष्ट पार्नुभयो । यो नेपालको हीतमा छैन । हिजो गृहमन्त्रीले पनि हिजो भनिसक्नुभएको छ । अमेरिकी दुतावासले पनि भनिसकेको छ ।’ अब एसपीपीलाई धेरै उचाल्न आवश्यक नभएको उहाँले बताउनुभयो । ​रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार