कात्तिकको अन्तिम वा मंसिर पहिलो साता चुनाव गर्ने तयारी

काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । यद्यपि निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार