ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक गरौं : सिंह

काठमाडौँ । ट्राफिक व्यवस्थापनका लागि विद्यालय र कार्यालय समय फरक बनाउन नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले आग्रह गर्नुभएको छ । आज संसद बैठकमा बोल्दै उहाँले काठमाडौंमा ट्राफिक जाम हुने समस्या समाधान नभएकोले कार्यालय समय फरक पार्नुपर्ने बताउनुभएको छ ।

‘फोहोरमैला र मूल्यवृद्धिको समस्या खेपिरहेका नागरिकले ट्राफिक जामको समस्या भोगिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘एक ठाउँबाट अर्को ठाउँ पुग्न धेरै समय लाग्ने गरेको छ। विद्यालय खुल्ने समय र कार्यालय समय फरकफरक समयमा हुने व्यवस्था मिलाउन सके सडकमा जाम कम हुन्छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार