भारतीय सेना प्रमुख नेपाल आउँदै

काठमाडौँ । भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने हुनुभएको छ । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गर्नुभएको छ। यस्तो उपाधि पाउने उहाँ भारतका २९ औँ सेना प्रमुख हुनुहुनेछ ।

‘भारतीय सेनाबाट पाण्डे अगस्तमा आउने जानकारी प्राप्त भएको छ । उहाँ आउने मिति र भ्रमणको कार्यतालिका तय गर्ने काम भइरहेको छ । यो भ्रमण पाण्डेलाई मानार्थ सेनापति पदबाट सम्मानित गर्नेमा केन्द्रित रहनेछ । नेपाल र भारतबीच यो परम्परा लामो समयदेखि चल्दै आएको छ,’ स्रोतले समाचार एजेन्सीलाई भनेको छ । सोमबार मात्र भारतका लागि नेपालका राजदूत डा.शङ्करप्रसाद शर्माले भारतीय सेना प्रमुखसँग छलफल गर्नुभएको थियो । सोमबार ट्वीट गर्दै उहाँले यसबारे जानकारी दिनुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार