मन्त्री आलेलाई कारबाही माग गर्दै प्रतिनिधिसभामा उजुरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध उजुरी परेको छ। आलेविरुद्ध प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो। अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिको सचिवालयमा उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीमा सञ्चारमाध्यमबाट बाहिर आएको अडियोको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘विगत केहि समय यता डोटी जिल्ला का माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा समेत अश्लिल शब्द प्रयोग गरेको अडियोसहितको समाचारहरु बाहिर आएका छन् ।

असार ३ गते शुक्रबारका दिन नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चारमाध्यमहरुमा आए अनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ। समितिसमक्ष माननीय सांसद आलेज्यूको यो अडिओको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं।’

‘प्राधिकरण के अध्यक्षलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्त खेदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको छ। जसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषारसंस्कृतिमाथि ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुरक्षा व्यवस्था मर्यादामाथी व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ।’ उजुरी पत्रमा लेखिएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार