राज्य सञ्चालनमा ठूला पार्टी असफल भए : थापा

काठमाडौँ । विभिन्न आठ बुँदे निर्णय गर्दै राप्रपा नेपाल मधेस प्रदेशको प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जनकपुरमा सोमबार सुरु भएको भेलाले जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नागरिकता उपलब्ध गराउनुपर्ने, जनकपुरधामलाई पर्यटन प्रवर्द्धनको केन्द्र बनाउनुपर्ने तथा हुलाकी मार्ग तत्काल निर्माण सम्पन्न हुनुपर्ने लगायतका ८ वटा निर्णय गर्दै मंगलबार सम्पन्न भएको हो ।

भेलाको समापन गर्दै अध्यक्ष कमल थापाले प्रमुख ठूला राजनीतिक दलहरु असफल हुँदै गएको भन्दै देशमा भ्रष्टाचार मौलाउनु त्यसैको उदाहरण भएको बताउनुभयो । ‘राज्य सञ्चालनमा ठूला पार्टी असफल हुँदै गएका छन् । भ्रष्टाचार व्याप्त मौलाएको छ । राजनीतिक दल, विचौलिया व्यापारी र कर्मचारीको त्रिपक्षीय गठबन्धनले देशलाई डरलाग्दो भड्खालोमा हाल्ने अवस्था आउँदैछ’, थापाको भनाइ छ । त्यस्तै उहाँले मधेस प्रदेशमा हिन्दुत्वको एजेण्डा रुचाइएकाले यसको सहयोगमा राप्रपा नेपालको संगठन विस्तार गरेर वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार