शहरी विकासमन्त्री झाँक्रीले मागिन् माफी

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सिसडोलबासीको भावनामा चोट पुग्ने गतिविधि भएको भए माफी दिन आग्रह गर्नुभएको छ । फोहोर व्यवस्थापनबारे छलफल गर्न मन्त्रालयको बोलाएको छलफलमा स्थानीय आन्दोलनकर्ता, धुनवेँसी र ककनीका जनप्रतिनिधिका साथै सांसदहरू भूमि त्रिपाठी, नारायणप्रसाद खतिवडाले प्रहरी दमनको विरोध गर्नुभयो । मन्त्री झाँक्रीले भने अब त्यहाँ जबर्जस्ती नहुने बताउनुभयो । उहाँले भन्नुभयो ‘मेरो अभिव्यक्ति, मेरो भनाइप्रति कसैलाई चोट पुगेको छ भने क्षमाप्रार्थी छु ।’ अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार