सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

काठमाडौँ । वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ । वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।

यसअघि वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो ।

वार्तामा सङ्घले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्ने गरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको थियो ।हाल काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाजहरू रहेको र यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको कम्पनीको भनाइ छ । यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरुलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आजको परिस्थितिमा त्यस पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरू भन्दा बढी रात्रि बिसान हुने अवस्था छ । नागरिक उड्डयन प्राधिकरणले सोही अनुरूप काठमाडौँमा रात्रि बिसान हुने जहाजहरूको सङ्ख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ ।’ रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार