स्वदेशी मौलिक उत्पादनको निर्यात बढाउनुपर्छ : अध्यक्ष मल्ल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले स्वदेशी मौली उत्पादनको निर्यात वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । राजश्व परामर्श समितिले आज आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै मल्लले यस्तो बताउनुभएको हो ।

यस्तै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटबाट गरेको करको प्रक्षेपणलाई सघाउन नीजि क्षेत्र तयार रहेको बताउनुभयो । ‘बजेट राम्रो छ भनेर हामिले स्वागत गरि सकेका छौ । बजेटमा रहेका केही कमि कमजोरी राजश्व परामर्श समितिले सहजीकरण गर्छ भन्ने चेम्बरको अपेक्षा छ’ उहाँले भन्नुभयो,

‘बजेटले कृषि र जलविद्युतलाई बिशेष प्रथामिकता दिएको छ ।’ यस्तै, बजेटको आकार सुरुमा ठूलो राख्ने र पछि घटाउने परिस्थिती यो बर्ष आउन नहुने मल्लले बताउनुभयो । ‘पहिला ठूलो राख्ने र पछी घटाउने नीति छ । यसलाई सच्याउनुपर्छ । बजेट बिचमा घटाइयो भने करदाताको टाउकोमा तबला बजाउने हुन सक्छ’ मल्लले भन्नुभयो ।

यसै गरेर अहिले उपत्यका र ठुला सहरका व्यवसायीले मात्र कर तिर्ने अवस्था रहेकोमा यो स्थिती देशभर बिस्तार गर्न सकेमा ४०–४२ प्रतिशत राजश्व बढाउन सकिने उहाँले बताउनुभयो । डन्डि, सिमेन्ट र जुत्ता चप्पल निर्यात गर्दा ८ प्रतिशत अनुदान दिने व्यवस्था छ । तर नेपालको मौलिक उत्पादनहरू हस्तकला, उहाँ फेल्ट लगायतका बस्तुको निर्यात बढाउनु पर्ने मल्लले बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार