बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यक : देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगागलको खाडीको प्रयास (बिमस्टेक)मा आर्थिक साझेदारी प्रवद्र्धन गर्न र चुनौतीहरुलाई सम्बोधन गर्न सदस्य राष्ट्रहरुबीच एकता, ऐक्यावद्धता र सहकार्यमा जोड दिनुभएको छ ।

बिमस्टेकको २५औं वार्षिकोत्सवको अवसरमा एक सन्देश जारी गर्दैै प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो । बिमस्टेक सदस्य राष्ट्रका जनता र सरकारलाई शुभकामना दिंदै उहाँले शान्ति, विकास र समृद्धिको क्षेत्रीय आकांक्षालाई पुरा गर्न संगठनलाई सक्षम बनाउनु पर्ने समेत बताउनुभएको छ ।

यस्तै, बिमस्टेकको २५औं बार्षिकोत्सवको अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्काले छुट्टै सन्देश जारी गर्दै बिमस्टेक पुनर्जीवित गर्न राजनीतिक इच्छाशक्त्तिको आवश्यकता रहेको बताउनुभएको छ । उहाँले शान्ति र समृद्धिको साझा लक्ष्य हासिल गर्न बिमस्टेक सम्झौताको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गनुपर्नेमा जोड दिनुभएको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार