काठमाडौं-१६ मा उठाउन थालियो फोहोर

काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन् । सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिनुभयो ।

रिजालले सोर्हखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको बताउनुभएको छ।सोमबार बिहान बसेको वडा समितिको बैठकले फोहोर उठाउने निर्णय गरेको भट्टराईले बताउनुभयो। ‘ल्यान्डफिलमा अवरोध भएर धेरै दिनसम्म सडकमै फोहोर थुप्रिएपछि वडाको फोहोर उठाउन अध्यक्ष आफैंले पहल गर्नुभएको हो,’ भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार धेरै दिन बितिसक्दा पनि महानगरको वातावरण विभागले फोहोर उठाउन नसकेपछि रिजाल आफैं फोहोर उठाउन अघि सरेका हुन्।‘अहिले चार गाडी फोहोर उठाइसेकेका छौं’, उहाँले भन्नुभयो ‘मेन मेन चोकको फोहोर मात्र उठाउँदा पनि १०(१२ गाडी हुने हाम्रो अनुमान रहेको छ।’सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको उहाँले बताउनुभयो ।

‘अहिले फोहोर उठाउँदै छौं,’ भट्टराईले भन्नुभयो, ‘हाललाई यो फोहोर वडा नम्बर १६ कै एउटा खाली स्थानमा लगेर पुर्ने योजना बनाएका छौं।’उहाँले गल्ने र नगल्ने फोहोर छुट्टयाएर पुर्ने बताउनुभयो। तर बस्ती बाहिर ठाउँमा पुर्ने योजना रहेको उहाँले बताउनुभयो । यो फोहोर उठाएर अस्थायी समाधानमात्र गरेको भट्टराईको जिकिर छ। उहाँका अनुसार डम्पिङ साइटमा कुरा मिलेपछि फोहोर उतै लगिने छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार