असार मसान्तसम्म एक लाख ९२ हजार मेट्रिकटन मल उपलब्ध हुन्छ : कृषि मन्त्रालय

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालको मल अभावको अवस्था असार मसान्तसम्म हल हुने दाबी गरेको छ । एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले विभिन्न प्रक्रियाबाट मल आपूर्तिका लागि प्रयास भइरहेको जनाएको हो ।

मल खरिदका लागि कृषि सामग्री कम्पनी, साल्ट ट्रेडिङ र सरकारले जीटूजीबाट गरेको पहलबाट मल ल्याउन प्रयास भइरहेको दाबी मन्त्रालयको छ ।‘असार मसान्तसम्म कुल एक लाख ९२ हजार मेट्रिकटन मल आइपुग्छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘यसमा भारतसंगको जीटूजीको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि छ ।’आपूर्तिको क्रममा रहेकामा साल्ट ट्रेडिङले खरिद गरेको मध्ये २० हजार मेट्रिकटन डिएपी, २२ हजार मेट्रिकटन युरिया छ ।

यस्तै कृषि सामग्रीले खरिद गरेको मध्येबाट ३० हजार मेट्रिकटन युरिया र २० हजार मेट्रिकटन डिएपी असारको दोस्रो साताबाट नेपाल भित्रिने मन्त्रालयको दाबी छ । असारको अन्तिम सातामा भारतसंगको जीटूजी अन्र्तगतको ५० हजार मेट्रिकटन युरिया र ३० हजार मेट्रिकटन डिएपी पनि आइपुग्ने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । कोभिड र बढ्दो अन्तराष्ट्रिय मूल्यका कारण मल आपूर्तिको जिम्मा पाएका ठेकदारले २ लाख २२ हजार मेट्रिकटन मल समयमै आपूर्ति नगरेको पनि मन्त्रालयले जनाएको छ । अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार