धितोपत्र बजार तलमाथि हुनु स्वभाविक प्रक्रिया नै हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजार तलमाथि (फक्चुयसन) हुनु स्वभाविक प्रक्रिया नै रहेको बताउनुभएको छ । तर कहिलेकाहीँ अस्वाभाविक रुपमा पनि बजार उत्तेजित हुने गरेको भन्दै अर्थमन्त्री शर्माले सोबाट भने लगानीकर्ता र नियामक दुवै सचेत हुनुपर्ने बताउनुभयो ।

धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा उपस्थित अर्थमन्त्री शर्माले आफुले नेतृत्व सम्हालेदेखिनै धितोपत्र बजारको पक्षमा रहेको र बोल्दै आएको बताउनुभयो । तर, मौद्रिक नीतिको केही बुँदाले गर्दा बजारमा अप्ठ्यारो परेको र सोको समेत सुधारको माग आफुले निरन्तर गर्दै आएको बताउनुभयो ।

मार्जिन ल्यान्डिङको सीमा तर्फ इंगित गर्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘बजारलाई कठिन हुने, लगानीकर्ताहरुलाई समस्या हुने खालका प्रावधानहरु परिमार्जन गर्नुपर्छ ।’ यसै अवसरमा अर्थमन्त्री शर्माले आजै अर्थमन्त्रालय, राष्ट्र बैक र धितोपत्र बोर्डको समेत सहभागितामा धितोपत्र बजारको समस्या पहिचानका लागि चार सदस्यीय सुझाव समिति समेत गठन गरिएको बताउनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार