बालेनको लौरो नुवाकोटे जनताको टाउकोमा बजारियो : सांसद खतिवडा

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध गर्नुभएको छ ।

बिहिबार प्रतिनिधिसभामा बोल्दै उहाँले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गर्नुभयो । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’ सांसद खतिवडाले भन्नुभयो । काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा जाँदै गर्दा स्थानीयसँग प्रहरीको झडप भएको थियो ।

सोही झडपतर्फ संकेत गर्दै सांसद खतिवडाले यस्तो बताउनुभएको छ । सांसद खतिवडाले थप्नुभयो, ‘सभामुख महोदय, यही जेठ महिनाको २४ र ३५ गते नुवाकोट जिल्लाको ककनी र धादिङको धुनीबेँसी बीचमा बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि प्रहरी दमन भएको छ ।’फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ बर्ष अगाडिदेखि वेतिथी भएको उल्लेख गर्दै उहाँले स्थानीय जनताको जायज माग सुनेर, ति मागहरु पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गर्नुभएको छ । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार