भकिम्लीका क्लवहरुको एकिकरणः एक बर्षमा एक मेला हुने

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्वर ३ भकिम्लीको युवा क्लवहरु एक हुने भएका छन । बुधबार हिमचुली स्पोर्टस क्लवको आयोजना र वडा कार्यालयको समन्वयमा बसेको बैठकले सवै क्लवहरु मिलेर संयुक्त रुपमा एउटा क्लव गठन गर्ने निर्णय गरेको हो ।

हिमचुली स्पोर्टस् क्लवका अध्यक्ष भिम बहादुर थापा मगरको अध्यक्षतामा बसेको बैठकले क्रियाशिल क्लवहरुको एकता प्रक्रियाका लागि सेभेन स्टार ग्रुपका अध्यक्ष दिपक थापा मगरको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यहरुमा समिर घर्ति मगर, खिम बहादुर थापा मगर, भिम थापा मगर, याम घर्ति मगर, खिम बहादुर आले मगर, दिपक पुन, सुदिप पुन मगर र दिल बहादुर बिश्वकर्मा रहनुभएको छ ।

बैठकले आगामी असार २५ गते सवै क्लवका सदस्यहरुको उपस्थितिमा आमभेलाको आयोजना गरि क्वल गठन गर्ने निर्यण गरेको हिमचुली स्पोर्टस् क्वलका नि। अध्यक्ष दिपक पुनले जानकारी दिनुभयो । भकिम्लीमा हिमचुली स्पोर्टस् क्लव, सेभेन स्टार ग्रुप, गणेश स्मृति युवा क्लव, मिरमिरे युवा क्लव, हरेलो मेला आयोजक समिति,ओरेन्ज युवा क्लव गरि ६ वटा युवा क्लवहरु सक्रिय रहेका छन ।

साथै बैठकले वडा नम्वर ३ भकिम्लीमा १ बर्षमा एउटा मात्रै मेला/महोृत्सव संचालन गर्ने निर्णय गरेको छ । भकिम्लीलाई छुवाछुत मुक्त वडा घोषणा गर्नका लागि प्रगति दलित मञ्चले संचालन गरेको अभियानमा पूर्ण रुपमा साथ दिने निर्णय भएको पुनले जानकारी दिनुभयो । वडाको प्रतिनिधित्व गरेर खेलकुदमा सहभागी हुने खेलाडिको समुहलाई टिमशुल्क व्यवस्थापन गर्न वडामा माग गर्ने पनि निर्णय गरेको छ ।

बैठकमा वडा अध्यक्ष पदम पुनले भकिम्लीमा रहेका क्लवहरुको एकिकरण हुनु अत्यन्तै सकरात्मक कुरा भएको बताउनुभयो । उहाँले भकिम्लीको धार्मिक तथा पर्यटकीय स्थलको प्रचार र प्रवद्र्धनका लागि बार्षिक रुपमा एउटा मेला तथा महोत्सव संचालनमा वडा कार्यालयको पूर्ण साथ रहने बताउनुभयो । युवा क्लव संग सहकार्य गरेर विभिन्न रचनात्मक कार्य गर्ने योजना बनाएको पनि उहाँले बताउनुभयो । बैठकमा भकिम्लीका ६ वटै क्लवका प्रतितिनिधि तथा प्रगतिशिल दलित मञ्चका प्रतिनिधिको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार