सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भयोः त्रिपाठी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य हृदयश त्रिपाठीले सरकारले बजेटमा कृषिलाई प्राथमिकता दिएको भनिएपनि मलको हाहाकार भएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य त्रिपाठीले यस्तो बताउनुभएको हो । छिमेकी देश भारतबाट किसानहरुले मल ल्याएपनि नेपाल प्रहरीले प्रताडना दिने गरेको उल्लेख गर्दै यसो गरेमा धानको उत्पादन घट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजेट आउँदा कृषिलाई बढी नै प्राथमिकतामा राखेको सुनियो। त्यो निवन्ध रैछ। प्रवन्ध भनेको अर्कै रहेछ फेरि मलको अभावले गर्दा किसानहरुमा हाहाकार छ। सीमामा किसानले भारतीय प्रहरी प्रशासनको प्रताडना सही ल्याउने मल, ल्याइसकेपछि फेरि हाम्रा पुलिस प्रशासनले पनि त्यत्तिकै प्रताडना दिने रहेछन्।’nagariknews.nagariknetworkबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार