राजनीति गर्नेहरुले पनि जीविकोपार्जनका लागि काम गर्नुपर्छ : थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने बताउनुभएको छ ।​ नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो धारणा राख्नसुभएको हो ।

थापाले उक्त अवसरमा नीलडेविड कटवाललाई पेशाको अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको अझै प्रगतिको शुभकामना समेत दिनुभयो । काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेकी पत्नी मेनुका काफ्लेले हात्तीगौंडामा नीलडेविड्स सलूनको नयाँ शाखा सञ्चालनमा ल्याउनुभएको हो।

उक्त शाखाको उद्घाटनमा थापाको अलवा अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल लगायत पुग्नुभएको थियो । कार्यक्रममा अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले अन्तर्राष्ट्रिय विमान परिचारिका समेत रहेकी मेनुका काफ्लेद्वारा सञ्चालनमा ल्याएको नीलडेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले जानकारी दिनुभयो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार