सडक भासिएको ठाउँमा दुई शव फेला

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ । मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्।

दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले यहाँ खोजी कार्य जारी राखेका छन्। ‘मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने अनुमान छ,’ उहाँले भन्नुभयो।

अविरल वर्षापछि गए राति करिब ३ बजेतिर यहाँ सडक भासिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको देखिएको बताए।मोटरसाइकल चालक भने सकुशल छन्।

कार भने मर्स्याङ्दी नदीमा पुगेको थियो। ‘कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलिअलि मात्रै देखिएको छ। कारमा कति मान्छे थिए भन्ने खुलेको छैन,’ उहाँले भन्नुभयो । घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार