प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ।  आज प्रतिनिधि सभा बैठकमा समय मागेर बोलेका एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गर्नुभएको हो ।

परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेना यो भ्रमणमा जोडिएको पनि ज्ञवालीको भनाइ छ। ‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ?,’ ज्ञवालीले प्रश्न गर्नुभयो, ‘यसबारे सदनले थाहा पाउन जरूरी छ।’ प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयसमेत हेर्दै आउनुभएको छ ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन । अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउनुपर्ने ज्ञवालीले बताउनुभयो । सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार