व्यवस्थापन गतिलो नहुँदा देश विकास भएन : बिजुक्छे

भक्तपुर । आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ । भक्तपुरको ख्वप कलेजमा सुरु भएको सम्मेलनको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गर्नुभएको छ ।

उहाँले व्यवस्थापन गतिलो नहुँदा देशको विकासले गति लिन नसकेको बताउनुभयो । मोहियानी हक नदिइ कमैया मुक्त गर्दा कमैयाहरूले खान नपाई फेरि कमैया नै बस्न आउनुपर्ने बाध्यता भएको बताउँदै उहाँले सरकारमा बसेकाहरूले व्यवस्थापन नबुझ्दा यो समस्या पटकपटक आउने गरेको उल्लेख गर्नुभयो ।

भक्तपुर नगरपालिकाका मेयर एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज व्यवस्थापन समितिकी उपाध्यक्ष रजनी जोशी, प्रदेश सांसद सुरेन्द्रराज गोसाई, राष्टिय योजना आयोगका सदस्य डा। रामकमार फुयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा.डा. ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्वबारे चर्चा गर्नुभयो ।

आयोजक कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुईवटा टेक्निकल सेसन हुने बताउनुभयो । दोस्रो दिन चारवटा टेक्निकल सेसन हुने उहाँको भनाइ छ । पहिलो दिन प्रा.डा. पुष्कर बज्राचार्य, प्रा.डा. ध्रुवकुमार गौतम र डा.रामकुमार फुयाल र दोस्रो दिन प्रा.डा. आरन स्थापित, डा. जितेन्द्र डंगोल र नरबहादुर थापा प्लेनरी सेक्सनमा रहने कलेजले जनाएको छ । सम्मेलनमा ४० जनाभन्दा बढीले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् । रातोपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार