रोल्पामा माटोको ढिस्काले पुरिएर दाजु–भाइको मृत्यु

रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ।

परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो।

उहाँका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो। प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार